केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सोमवार भारतीय सि आर पी एफ को गोली प्रहारबाट तामाङको मृत्यु, यससंगै गोर्खाल्याण्ड आन्दोलनमा ८ जना मारिए

सहयात्रा टिभी

दार्जिलिङ । नेपाल-भारत सीमावर्ती मिरिक बजारमा सोमबार राति भारतीय अर्धसैनिक बल सि आर पी एफ को गोली प्रहारबाट गोर्खाल्याण्ड पक्षका एक जनाको मृत्यु भएको छ । सि आर पी एफ ले गोली हान्दा मिरिक बजारका ४५ बर्षीय आशिष तामाङको मृत्यु भएको हो भने अन्य ५ जना घाइते भएका छन् ।

दिउँसो मिरिक नगरपालिका वाड न ५ कृष्ण नगरको प्रहरी बुथमा अज्ञात समूहले आगजनी गरेपछि मोर्चा र तृणमुल कांग्रेसका कार्यकर्ता बीच झडप भएको थियो । घटनापछि मिरिकमा सुरक्षा व्यवस्था कडा पारिएको छ । यसअघि सुरक्षाकर्मीको गोली प्रहारबाट ७ जना सर्वसाधारणको मृत्यु भैसकेको छ भने तामाङसंगै गोर्खाल्याण्ड आन्दोलनमा मारिनेको संख्या ८ पुगेको छ ।

प्रकाशित : 18 July, 2017

प्रतिक्रिया दिनुहोस्