केपी ओली प्रचण्ड माधव नेपाल एमाले


माओवादी नेतृत्वलाई ओलीको प्रस्ताव: चुनाव जित्नुछ भने एमालेसँग मिल्नुस, होईन भने अन्तै लाग्नुस

सहयात्रा टिभी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिलेर मुलुकलाई बामपन्थीमय बनाउन नेकपा माओवादी केन्द्रका नेताहरुलाई प्रस्ताव राख्नुभएको छ । नेपाली जनता बामपन्थी पक्षधर रहे पनि देशी बिदेसी प्रतिक्रियावादी शक्तिहरु बामपन्थी फुटाएर मुलुकलाई अघि बढ्न नदिने काम गरिरहेको भन्दै ओलीले एमाले र माओवादी मिलेरै मुलुकलाई बामपन्थीमय बनाउनुपर्ने प्रस्ताव राख्नुभएको हो । ‘म माओवादी केन्द्रका नेताहरुलाई भन्छु, चुनाव जित्नुछ भने एमालेसँग मिल्नोस, अव सती नै जानु छ, सर्वनास नै हुनु छ भने त के गर्नु ? सती गएर कसैले जित्दैन, सर्वनाश होइन्छ, केही कमजोरी भएको छ, तर ढिला नै त भइसकेको छैन, अव सोचेर अघि बढनोस, चुनावजित्नु छ भने एमालेसँग मिल्नुस,’ ओलीको भनाई थियो ।

उहाँले एमाले र माओवादी केन्द्र मिलेर जाँदा नै मुलक र जनताले लाभ प्राप्त गर्ने बताउनुभयो । ‘अव एमाले र माओवादी सवैतिर मिलेर बामपन्थीमय बनाउनु पर्छ नेपाल, मिलिन्छ भने मिलेर बनाउनु पर्छ, मिलिदैन भने एमाले एक्लैले बामपन्थीमय बनाउँछ नेपाललाई,’ ओलीले भन्नुभयो ।
पूर्वप्रधानमन्त्री मसते रहनुभएका ओलीले अव जहाँ चुनाव भए पनि एमाले र एमालेसँग सहकार्य गर्ने, मिलेर चुनावमा जाने शक्ति बिजयी हुने ठोकुवा गर्नुभयो ।

प्रकाशित : 18 July, 2017

प्रतिक्रिया दिनुहोस्