खानेपानी आयोजना निर्माण हुने भएपछि लामो समय देखि खानेपानीको समस्या झेल्दै आएका भक्तपुर ताथलीका जनता हर्षित

सहयात्रा टिभी

भक्तपुर । चाँगुनारायण नगरपालिका-९ ताथलीस्थित स्विटी खोलामा खानेपानी आयोजनाको शिलान्यास गरिएको छ । १५ करोड ५० लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको आयोजनाको बुधबार भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले शिलान्यास गर्नुभयो । सो खानेपानी आयोजना निर्माणसंगै खानेपानीको चर्को अभाव झेल्दै आएका चाँगुनारायण नगरपालिकाका स्थानियलाई सहज हुने भएको छ ।

आगामी २ वर्ष भित्र सो आयोजनाको निर्माण सम्पन्न हुने वताईएको छ ।

प्रकाशित : 19 July, 2017

प्रतिक्रिया दिनुहोस्