केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सात सय वर्ष पुरानो रुख ढल्यो, अशुभ हुने डरमा स्थानिय

सहयात्रा टिभी

बागलुङ । विकास कार्यका निमित्त वा आवश्यकता वमोजिम रुख काट्ने प्रचलन त नयां होईन । बाढि पहिरोले पनि रुखहरु ढल्छन् या नाश हुन्छन् । तर कुनै रुख ढल्यो अथवा काटियो भने शोक मनाएको घटना भने विरलै भेटिन्छ । यस्तै मध्ये बागलुङको रामरेखामा मंगलवार सात सय वर्ष पुरानो टुनिको रुख ढलेको छ । सो रुख ढलेपछि त्यहांका स्थानीयले शोक मनाएका छन् ।

दक्षिण एशियाकै ठूलो रुख भनेर दावी गरिएको टुनिको रुख मंगलवार बिहान ढलेको हो । सात सय वर्ष पुरानो रुख ढलेपछि त्यहांका स्थानीय बासिन्दा अव केहि अशुभ हुने एवं अनुमानले थप चिन्तित बनेका छन् । स्थानिय मध्ये कतिपयले रुख ढलेको शोकमा निराहार ब्रत पनि बसेका छन् । स्थानियले रुख ढलेपछि अशुभ नहोस् भनेर पुजाआजा पनि गरेका छन् ।

 

प्रकाशित : 19 July, 2017

प्रतिक्रिया दिनुहोस्