केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुनको मुल्य बढ्यो

सहयात्रा टिभी

काठमाडौं । सुनको मुल्य बुधबार तोलामा एक सय रुपैयाँले बढेको छ । मंगलबार तोलाको ५३ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य बुधबार १ सय रुपैंयाले बृद्धि भई तोलाको ५३ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, चाँदीको भाउ भने स्थिर नै छ । अहिले चाँदी ७ सय २५ रुपैयाँमा कारोबार भैरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित : 19 July, 2017

प्रतिक्रिया दिनुहोस्