केपी ओली प्रचण्ड माधव नेपाल एमाले


माओवादी केन्द्रको बैठकमा चुनावी समिक्षा एवं भावी चुनावी रणनीतिका वारेमा छलफल, बैठक १-२ दिन अझै लम्बिने

सहयात्रा टिभी

काठमाडौं । माओवादी केन्द्रको सचिवालय बैठकमा पहिलो र दोस्रो चरणको स्थानीय तहको चुनावको समीक्षा र भावी चुनावी रणनीतिका वारेमा सोमवारदेखि शुरु भएको बैठक अझै केहि लम्विने भएको छ । माओवादी केन्द्रको बैठकमा चुनावी चर्चा संगसंगै पार्टीभित्र बैचारिक मतभेद एवं सांगठनिक विषयमा छलफल भैरहेको स्रोतले जनाएको छ । बैठकमा पार्टी भित्र गुटउपगुट बढेको भन्दै आलोचना पनि भएको छ ।

बैठकमा पार्टीको भावी रणनीतिका वारेमा पनि छलफल हुने हुंदा बैठक अझै १-२ दिन लम्बिने पार्टी प्रवक्ता पम्फा भुषालले बताउनुभयो ।

प्रकाशित : 20 July, 2017

प्रतिक्रिया दिनुहोस्