धादिङमा बस दुर्घटना हुँदा २ को मृत्यु, १० घाईते

सहयात्रा टिभी

धादिङ । धादिङमा बिहीबार बिहान बस दुर्घटना हुँदा दुईजनाको घट्नास्थलमै मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् ।
काठमाडौंबाट काकाडभिट्टाका लागि छुटेको ना ५ ख २२९३ सडकबाट २० मिटर तल खसेको थियो । दुर्घटनामा बस चालक झापाका कमल ढुङ्गाना र सहचालक नवराज सिवाकोटीको ज्यान गएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ । दुर्घटनामा घाइते अन्यको थप उपचारका लागि काठमाडौंको वीर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित : 20 July, 2017

प्रतिक्रिया दिनुहोस्