केपी ओली प्रचण्ड माधव नेपाल एमाले


वर्षातमा हिलाम्मे र हिंउदमा धुलाम्मे सडक, यस्तै छ काठमाडौंको सडकको दुरावस्था

सहयात्रा टिभी

काठमाडौं । वर्षायाममा यि सडक हिलाम्मे र हिंउदमा धुलाम्मे हुनु त कुनै नौलो कुरा होईन । हिंउदमा कुईरीमण्डल धुलो उडेर मान्छे चिन्नै नसक्ने हुन्छ भने वर्षातमा पानी पर्दा ढलको सहि व्यवस्थापन नहूंदा बाढि आए सरह हुन्छ काठमाडौका यि सडकमा ।

काठमाडौ शहर समृद्ध, सुरक्षित र जीवन्त शहर अनि स्वच्छ र सुन्दर होस भन्ने सवैको चाहना छ । यि कुरा केवल नारामा मात्रै सिमित भईरहेका छन् । तर त्यही सुन्दर नाराको सुन्दरतामा महानगरको पहिचान अहिले धुवां धुलो, विग्रेको खाल्डाखुल्डी सडकको नामले परिचित छ ।

सडकमा पैदल यात्रीलाई प्राथमिकतामा राखिनेछ, भित्री सडक पैदलयात्रीमैत्री बनाइनेछ, सडकको चौडाइ अनुसार प्रत्येक बाटोमा फुटपाथलाई प्राथमिकता दिइनेछ, भत्काईएका सडक चाडो भन्दा चाडो निर्माण गरि सम्पन्न गरिनेछ भन्ने कुराहरु कथा जस्तै लाग्न थालिसके ।

समग्रमा सडक सुधारको सामान्य योजना बनाएमात्रै पनि सडक निर्माणको काम समयमा सम्पन्न गर्न त्यति कठिन देखिदैन ।

यता सडक निर्माणको सामान्य योजना बनिरहँदा काठमाडौं सामाखुशी क्षेत्रमा मुसलधारे वर्षा भइरहेको थियो । वर्षासँगै सडक खोला बन्यो । विद्यालय छुट्टी हुने समय भएको वर्षाले विद्यार्थीलाई घर फर्कन निकै समस्या भयो । बाटोमा खोलो जसरी पानी कुदेपछि बाटो नदेख्दा सामाखुशी सडकमा विद्यालयवाट घर फर्कदै गर्दा एउटी छात्रा खाल्डोमा पसिन्, धन्न उनको ज्यान जोगियो । तर केहि दिन अघि मात्रै नेपालटारमा एक वालिकाको ढलले वगाएर अनाहकमा ज्यान गयो । अनि प्रधानमन्त्री शेर बहादुर देउवाद्धारा १५ दिन भित्र सडक निर्माणको काम सम्पन्न गरिसक्नु भनेर पनि आदेश भयो । आज सो आदेशको पनि एक हप्ता भन्दा वढि समय गुज्रिसकेको छ तर सडकको अवस्थ जस्ताको तस्तै ।

प्रकाशित : 21 July, 2017

प्रतिक्रिया दिनुहोस्