केपी ओली प्रचण्ड माधव नेपाल एमाले


शुक्रवारको राप्रपाको केन्द्रीय समिति बैठकवाट सरकारमा जाने वा नजाने विषयमा टुंगो लगाईने

सहयात्रा टिभी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समितिको बैठक शुक्रबार पनि बस्ने भएको छ । केहि दिन अघिदेखि चलिरहेको बैठकमा पार्टीभित्रको अनसन्तुष्टि, चुनावी परिणामको मुल्यांकन र सरकारमा सहभागी हुने वा नहुने लगायतका विषयमा छलफल भइरहेको राप्रपाका एक नेताले बताएका छन् ।

पार्टीमा असन्तुष्टीका कारण पशुपतिशमशेर राणा लगायत केही नेताले सो बैठक बहिष्कार गरेको बुझिएको छ । आजको बैठकवाट पार्टीभित्रको मतभेद एवं विवाद मिलाउने, असन्तुष्ट पक्षसंग वार्ता गर्ने एवं सरकारमा जाने वा नजाने विषयमा छलफल गरि निर्णय गर्न सक्ने सम्भावना रहेको स्रोतले बताएको छ ।

प्रकाशित : 21 July, 2017

प्रतिक्रिया दिनुहोस्