केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेपाल ‘कालोसूची’ बाट हट्यो

सहयात्रा टिभी

काठमाण्डौं । अन्तर्रा्ष्ट्रिय उड्डयन संगठन (इकाओ) को ’कालोसूची’ मा परेको नेपाल अव कालोुूचीवाट हटेको छ । सन् २०१३ अर्थात चार बर्ष अघि इकाओ ले नेपाललाई गम्भिर सुरक्षा चासोलाई हटाएको हो । विहीबार बसेको नागरिक उड्डयन संगठनको गम्भिर चासो सम्परीक्षण समितिको बैठकले नेपाललाई कालो सूचीबाट हटाएको हो । इकाओको दुई सदस्यीय अडिटर टोली जुलाइमा नेपाल आएको र उक्त टोलीको अडिटपछि नेपाललाई कालोसूचीबाट हटाइएको नेपाल नागरिक उडड्यन प्राधिकरणको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

यसअघि नेपालले बायूसेवा सञ्चालन प्रमाणपत्र जारी गर्ने बिषयमा इकाओले दिएको प्रक्रिया पूरा नगरेको भनि गम्भिर सुरक्षा चासो भएको मुलुकका रुपमा उल्लेख गरेसंगै नेपाल कालोसूचीमा परेको थियो ।

प्रकाशित : 21 July, 2017

प्रतिक्रिया दिनुहोस्