केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आफ्नै छोरी कुट्ने बाबुसहित ५ जना विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा

सहयात्रा टिभी

काठमाडौं । रुपन्देहीमा केहि दिन अगाडी आफ्नै वावुले छोरीमाथि निर्घात कुटपिट गरेका थिए । आफूभन्दा तल्लो जातको युवकसँग प्रेम सम्बन्ध राखेको भन्दै युवतीलाई कुटपिट गर्ने वावुसहित कुटपिटमा संलग्न युवतीका वावु इन्नर यादव, १८ वर्षका दिनेश यादव, ५५ वर्षका लालमोहन अहिर यादव, लालमोहनकी श्रीमती र गाउँले २५ वर्षका युवक पशुपति कोइरी गरि पाँच जना विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ ।

रुपन्देहीको सम्मरीमाई गाउँपालिका–६ को डिहुली गाउँमा तल्लो जातको युवकसँग प्रेम गरेको भन्दै युवती मिना यादवमाथि निर्घात कुटपिट भएको थियो । महिलामाथि कुटपिटमा संलग्न भएको भन्दै रुपन्देही प्रहरीले पाँचैजना विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको हो । साथै, एक प्रहरी निरीक्षकलाई विभागीय कारबाही गरिएको छ । घटना भएका क्षेत्र इलाका प्रहरी कार्यालय मर्चवारको भएको र त्यस प्रहरी कार्यालयका प्रहरी निरीक्षक उदयसिंह सिंजापतिले घटनाको जानकारी नगराएको भन्दै उनलाई विभागीय कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
कथित तल्लो जातको युवकसँग प्रेम सम्वन्ध राखेको भन्दै युवती निर्घात कुटिएपछि स्थानीय जनप्रतिनिधि र गाउँलेहरु मिलेर युवकबाट ‘प्रेमिका’को परिवारलाई एक लाख रुपैयाँ जरिवाना समेत तिराएका थिए ।

प्रकाशित : 21 July, 2017

प्रतिक्रिया दिनुहोस्