केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मुग्लिन–नारायणगढ सडकखण्डको हालसम्म ५२ प्रतिशत मात्रै काम सकियो, अन्तिम मिति सन् २०१८ सम्म

सहयात्रा टिभी

चितवन । विगत लामो समयदेखि मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भईरहदां यात्रुहरुले हैरानी खेप्नुपरेको छ । सन् २०१५ को अप्रिल अर्थात २७ महिना अघि मुग्लिन–नारायणगढ सडकखण्ड स्तोरोन्नतीको काम सुरु भएको थियो तर हालसम्म पनि निर्माण कार्य सम्पन्न भएको छैन । मुग्लिन–नारायणगढ सडकखण्ड निर्माणको काम सुरु भएपछि २७ महिनायता भएको दुर्घटनामा ४७ जनाको मृत्यु भएको छ भने ९९ वटा दुर्घटना भएको छ । सो दुर्घटनामा परि १ सय ७३ जना घाइते भएको सडक विस्तार आयोजनाले जानकारी दिएको छ ।

हालसम्म ५२ प्रतिशत मात्रै काम सकिएको र पुनः थपिएको म्याद सन् २०१८ सम्ममा निर्माण कार्य सम्पन्न गरिसक्ने समयावधि दिईएको छ ।

प्रकाशित : 23 July, 2017

प्रतिक्रिया दिनुहोस्