केपी ओली प्रचण्ड माधव नेपाल एमाले


१ सय १० वर्षको इतिहासमा यस वर्ष चौथोपटक नागपञ्चमी र रक्षाबन्धन एकै दिन

सहयात्रा टिभी

काठमाडौं । यसवर्षको साउन १३ गते शुक्रबार नागपञ्चमी र रक्षाबन्धन एकैदिन परेको छ । २७ वर्षपछि नागपञ्चमी र रक्षाबन्धन एकैदिन परेको हो । १ सय १० वर्षको इतिहासमा यस वर्ष चौथोपटक नागपञ्चमी र रक्षाबन्धन एकै दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यसअघि वि. सं. १९६३, १९८२, २०२८ र २०४७ मा पनि यस्तै परेको थियो । साउन शुक्ल पूर्णिमाको दिन २३ गते चन्द्रग्रहण परेकाले यसवर्ष नागपञ्चमीकै दिन रक्षाबन्धन मनाउन लागिएको हो ।

साउन १३ गते शुक्रवारको दिन शुरुमा पञ्चमीको कर्म पुजाआजा गरी बिहान नाग टाँस्ने त्यसपछि रक्षाबन्धन गर्नु उपयुक्त हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले विज्ञप्ती जारी गरि उल्लेख गरेको छ ।

प्रकाशित : 24 July, 2017

प्रतिक्रिया दिनुहोस्