केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सरकारले डा. केसीका माग पूरा गर्न आश्वासन दिएको समयसिमा सकियो, सोमवारदेखि ११ औं पटकको अनसनमा

सहयात्रा टिभी

काठमाडौं । इन्स्टिच्युट अफ मेडिसिन (आईओएम) का प्राध्यापक डा. गोविन्द केसी ११ औं पटक अनसन बसेका छन् । सरकारले आफूसँग गरेको सम्झौता अनुसार काम नगरेको भन्दै उनी सोमवार देखि पुनः अनसन बसेका हुन् । आफूसंग सरकारले गरेका सम्झौता कार्यान्वयनमा सरकारले कुनै चासो नदिएको भन्दै डा. केसीले पुनः आफू अनसन वसेको बताएका छन् । सम्झौता कार्यान्वयनका लागि ३१ असारको अल्टिमेटम दिए पनि सरकारले माग पूरा नगरेको उनको गुनासो छ ।

उनका अनुसार मेडिकल माफियाहरुले मौका छोपेर विद्यार्थी भर्ना, सिट र शुल्क निर्धारणमा अनियमितता गरेर लुट मच्चाइरहेको उनको धारणा छ । यस्तो मिचाहा प्रवृत्तिले तीन करोड नेपालीको स्वास्थ्य र ज्यानसमेत खतरामा पर्ने अवस्था सिर्जना भइरहेको भन्दै डा. केसीले सरकारको पटक पटक ध्यानकर्षण गराउदै आएका छन् ।

डा.केसीका मागहरु यस्तो छ :

-माथेमा प्रतिवेदनअनुरूप चिकित्सा शिक्षा ऐन पारित हुनुपर्ने
-डीनको सिफारिसमा सहायक डिन र क्याम्पस प्रमुख नियुक्त गर्नुपर्ने
– मेडिकल शिक्षाका सबै तहको शुल्क सरकारले तोक्ने व्यवस्था गर्नुपर्ने
-विद्यार्थी भर्ना, शुल्क र सम्बन्धन अधिकार आईओएमलाई
-सरकार र अदालतको आदेश नटेर्ने मेडिकल कलेजको सम्बन्धन खारेज
-पोस्टग्य्राजुएट (पीजी) को शुल्क २२ लाख कायम गर्नुपर्ने
-आईओएमका अधिकार खोस्ने पदाधिकारीलाई बर्खास्त गर्नुपर्ने

प्रकाशित : 24 July, 2017

प्रतिक्रिया दिनुहोस्