केपी ओली प्रचण्ड माधव नेपाल एमाले


युुवकलाई अपहरण गरि बन्धक वनाउने ५ जना पक्राउ

सहयात्रा टिभी

जनकपुर । जनकपुरमा एक युवकलाई अपहरण गरेको अभियोगमा ५ जना पक्राउ परेका छन् । बिदेह नगरपालिका–८ बफै बस्ने लक्ष्मी दासको २४ वर्षका छोरा कमलेश्वर दासलाई अपहरण गरी जनकपुरमा बन्धक बनाउने पाँचजनालाई प्रहरीले पाँचजनालाई प्रहरीले पक्रेको हो । पक्राउ पर्नेहरुमा धनुषा चक्कर–७ बस्ने जगदिश दासको श्रीमती वर्ष ५५ की शोभा देवी दास, उनका २५ वर्षका छोरा रामसुफल दास, तारापट्टी–१ का २२ वर्ष निकेश यादव, महोत्तरी भ्रमरपुरा–३ का १८ वर्षका एसानुल राईन र वर्ष १९ का आदम नदाफ रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रकाशित : 25 July, 2017

प्रतिक्रिया दिनुहोस्