केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अव अनलाइनबाटै नेपाल टेलिकमको डाटा प्याकेज उपलव्ध (विज्ञप्ती सहित)

सहयात्रा टिभी

काठमाडौं । नेपाल टेलिकमको डाटाप्याकेज अब अनलाइनबाट पनि खरिद गर्न सकिनेछ । टेलिकमले प्रदान गर्दै आएको विभिन्न डाटा प्याकेज अब नेपाल टेलिकमको वेबसाइटवाट नै खरिद गर्न सकिने व्यवस्था कम्पनीले गरेको छ । टेलिकमको वेबसाइट  https://www.ntc.net.np/ मा गएर ‘अफर डट एनटीसी डट एनइटी डट एनपी’ मा लग अन गरि डाटा लिन सकिने कम्पनीले जनाएको छ । डाटा लिनको लागि कम्पनीको वेबसाईट लग अनपछि आफूलाई कतिको डाटा आवश्यक छ सो अनुसार प्रयोग गर्ने जीएसएम वा सीडीएमए मोबाइलका विभिन्न डाटा प्याकेज छनोट गरी ईन्टरनेटको मज्जा लिन सकिनेछ ।

विभिन्न डाटा प्याकेजको मूल्य र समयावधि पनि अनलाइनमै राखिएको छ । त्यसमा ग्राहकले आफ्नो मोबाइल नम्बर र पी यूके नम्बर राख्नुपर्नेछ । आफ्नो सिमको पुक नम्बर थाहा पाउनका लागि १४१५ मा एसएमएस गर्न सकिने व्यवस्था पनि कम्पनीले मिलाएको छ । नेपाल टेलिकमले हाल जीएसएममा रेगुलर, नाइट र फेसबुक डाटा प्याकेजको रूपमा विभिन्न अफर पनि प्रदान गर्दै आएको छ ।

प्रकाशित : 25 July, 2017

प्रतिक्रिया दिनुहोस्