केपी ओली प्रचण्ड माधव नेपाल एमाले


जुवाखालवाट ६ लाखसहित ११ जना पक्राउ

सहयात्रा टिभी

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगर भीमदत्त नगरपालिका-४ मा जुवाखालवाट ६ लाख रुपैयाँसहित ११ जना पक्राउ परेका छन् । उनिहरुलाई जुवा खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कञ्चनपुरका भीमदत्त नगरपालिका १० का डम्मर गिरी, भिनपा ३ तिलकपुरका पंकज बिष्ट, भिनपा १८ बिकास पाण्डेय, भासीका दामोदर भट्ट, भिनपा ४ का दिपक जोशी, गड्डाचौकीका राजेन्द्र भण्डारी र बेल्डाडीका लोकेन्द्र सावद, अत्तरीयाका बालकृष्ण भट्ट र शिब दत्त भट्ट, बैतडीका कैलास धामी र सुर्खेतका दिपक मगरलाई प्रहरीले जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको हो ।

 

प्रकाशित : 25 July, 2017

प्रतिक्रिया दिनुहोस्