केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बुधवार मन्त्रिमण्डल विस्तारको तयारी : नयाँ अनुहारको बाहुल्यता

सहयात्रा टिभी

काठमाडौं । मंगलबार रोकिएको मन्त्रिपरिषद् विस्तार बुधबार हुँदै छ । नेपालको ४० औँ प्रधानमन्त्रीका रुपमा जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचिचत हुनुभएका देउवाले यसअघि जेठ २४ गते ८ सदस्यीय मन्त्रिमण्डल गठन गर्नुभएको थियो । सत्तासाझेदार माओवादी केन्द्रसँग मन्त्रालय भागबन्डा टुंगिए पनि पार्टीकै तर्फबाट कांग्रेसलाई मन्त्री छान्न समय लागेपछि मन्त्रिपरिषद् विस्तारमा समय लागेको स्रोतले बताएको छ । हाल हुने मन्त्रीमण्डलमा कांग्रेसबाट नयाँ अनुहार सहभागी हुने देखिएको छ ।
बुधबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेपाल लोकतान्त्रिक फोरम र नेकपा संयुक्त लगायत दलबाट मन्त्रिमण्डलमा सहभागी हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

मन्त्रीको नाम सिफारिस हुनेहरुमा :
पौडेल समूह
रामकृष्ण यादव
राजन केसी
सञ्जय गौतम
यज्ञबहादुर थापा

देउवा समूह
मीन विश्वकर्मा
अर्जुन जोशी
वीरबहादुर बलायर
अम्बिका बस्नेत

खड्का समूह
मोहनबहादुर बस्नेत
सिटौला समूह
भीमसेनदास प्रधान

माओवादी केन्द्रबाट गिरिराजमणि पोखरेल, टेकबहादुर बस्नेत, शिवकुमार मण्डल, महेन्द्रबहादुर शाही, श्यामकुमार श्रेष्ठ । महिलाबाट सीता नेपाली वा आशा खनालमध्ये एक, लोकतान्त्रिक फोरमबाट जितेन्द्र देव र गोपाल दहितको नाम चर्चामा छ ।

प्रधानमन्त्री देउवाले पहिलो चरणमा तीन उपप्रधानमन्त्रीसहित कांग्रेसका तीन, माओवादी केन्द्रका तीन र नेपाल लोकतान्त्रिक फोरमबाट एकजना गरी आठ सदस्यीय मन्त्रिमण्डल गठन गर्नुभएको थियो ।

फोरमका विजयकुमार गच्छदारले उपप्रधान र सङ्घीय मामिला तथा स्थानीय विकास, माओवादी केन्द्रका कृष्णबहादुर महराले उपप्रधान र परराष्ट्र साथै कांग्रेसका गोपालमान श्रेष्ठले उपप्रधान र शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको छ । त्यसैगरी कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले अर्थ, फरमुल्लाह मंसुरले श्रम तथा रोजगार, माओवादी केन्द्रका जनार्दन शर्माले गृह र प्रभु साहले सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएको छ ।

 

प्रकाशित : 26 July, 2017

प्रतिक्रिया दिनुहोस्