=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.


काठमाडौं पछि अव हर्न निषेधित क्षेत्र दाङ जिल्ला पनि

सहयात्रा टिभी

दाङ । सवारी साधनवाट निस्कने ध्वनी प्रदुषण नियन्त्रणका लागि केहि समय अगाडी मात्रै काठमाडौंमा हर्न निषेध गरिएसंगै हाल काठमाडौंमा ध्वनी प्रदुषण कम भएको महसुस गर्न थालिएको छ । सोहि सकारात्मक कदमलाई अन्य जिल्लामा पनि लागू गर्न थालिएको छ । सवारी साधनको चाँपसँगै बढेको ध्वनी प्रदुषण नियन्त्रण गर्न दाङको तुलसिपुर बजारपनि हर्न निषेधित क्षेत्र भएको छ । दाङको तुलसिपुरमा बुधबारदेखि हर्न निषेधित क्षेत्र घोषणा गरिएको हो ।

हर्न निषेधित क्षेत्र घोषणासँगै बुधबारदेखि बजार क्षेत्रमा कुनै पनि प्रकारका सवारी साधनले हर्न बजाउन पाउने छैनन् । सोवारेमा आम नागरिकलाई जानकारी दिन बजारका विभिन्न स्थानमा हर्न निषेधित भन्ने प्रचारात्मक होर्डिङ बोर्ड राखि सचेतना दिईएको थियो ।

प्रकाशित : 26 July, 2017

प्रतिक्रिया दिनुहोस्