केपी ओली प्रचण्ड माधव नेपाल एमाले


काठमाडौं पछि अव हर्न निषेधित क्षेत्र दाङ जिल्ला पनि

सहयात्रा टिभी

दाङ । सवारी साधनवाट निस्कने ध्वनी प्रदुषण नियन्त्रणका लागि केहि समय अगाडी मात्रै काठमाडौंमा हर्न निषेध गरिएसंगै हाल काठमाडौंमा ध्वनी प्रदुषण कम भएको महसुस गर्न थालिएको छ । सोहि सकारात्मक कदमलाई अन्य जिल्लामा पनि लागू गर्न थालिएको छ । सवारी साधनको चाँपसँगै बढेको ध्वनी प्रदुषण नियन्त्रण गर्न दाङको तुलसिपुर बजारपनि हर्न निषेधित क्षेत्र भएको छ । दाङको तुलसिपुरमा बुधबारदेखि हर्न निषेधित क्षेत्र घोषणा गरिएको हो ।

हर्न निषेधित क्षेत्र घोषणासँगै बुधबारदेखि बजार क्षेत्रमा कुनै पनि प्रकारका सवारी साधनले हर्न बजाउन पाउने छैनन् । सोवारेमा आम नागरिकलाई जानकारी दिन बजारका विभिन्न स्थानमा हर्न निषेधित भन्ने प्रचारात्मक होर्डिङ बोर्ड राखि सचेतना दिईएको थियो ।

प्रकाशित : 26 July, 2017

प्रतिक्रिया दिनुहोस्