केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बारामा श्रीमानद्धारा बन्चरो प्रहार गरि श्रीमतीको हत्या

सहयात्रा टिभी

बारा । बारामा मंगलबार राति श्रीमानले श्रीमतीको बन्चरो प्रहार गरि हत्या गरेका छन् । बाराको कलैया उपमहानगरपालिका–२४ श्रीपुरका ३५ वर्षका कृष्ण रामले ३० वर्षकी आफ्नी श्रीमती उन्ती रामको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

सामान्य घरायसी विवादका कारण श्रीमानले श्रीमतीको हत्या गरेको प्रहरी अनुसन्धानवाट खुलेको छ । हत्यापश्चात श्रीमान कृष्ण फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित : 26 July, 2017

प्रतिक्रिया दिनुहोस्