केपी ओली प्रचण्ड माधव नेपाल एमाले


लमजुङमा ६८ औँ हलोक्रान्ति दिवस मनाईंदै

सहयात्रा टिभी

काठमाडौं । बुधबार हलो क्रान्ति दिवस मनाईंदै छ । लमजुङको दुराडाँडामा आज ६८ औं हलो क्रान्ति दिवस मनाउन लागिएको हो । प्रजातन्त्रको स्थापना हुनुअघि २००६ साउन ११ गते लमजुङको दुराडाँडा–६ मा बाहुनले सामूहिक रुपमा हलो जोतेको सम्झनामा हरेक वर्ष साउन ११ गते यो दिवस मनाउने चलन छ । राणा सरकारको तानशाही संस्कारसँगै मौलाएको ब्राह्मणवाद तथा जातीय भेदभावसँगै हलीप्रथा अन्त्यको लागि बाहुनले पहिलोपटक हलो जोतेको दिनलाई हलो क्रान्ति दिवसको रुपमा मनाउन थालिएको हो ।

हली प्रथा अन्त्यका लागि लमजुङका पण्डित तोयानाथ अधिकारीको अगुवाइमा लेफ्टिनेन्ट शेषकान्त अधिकारी, मुखिया हरिभक्त पौडेल, मायानाथ पौडेल, श्रीकान्त अधिकारी लगायत २७ जनाले पहिलो पटक हलो जोत्नुभएको थियो । हलो जोतेकै निहुँमा त्यतिबेला उहाँहरु पक्राउ पर्नुभएको थियो । त्यसबेला हलो जोत्नेलाई भात बारिएको थियो । माइत आएका छोरी घर जान पाएका थिएनन भने घर गएका बुहारी माइत आउन समेत रोक लगाईएको थियो र उमेर पुगेका युवायुवतीको बिहे नै रोकिएको थियो । २००६ सालमा दुराडाँडामा पहिलोपटक हलो जोतेपछि तनहुँ, कास्की र धादिङमा पनि जोत्न सुरु गरिएको थियो ।

प्रकाशित : 26 July, 2017

प्रतिक्रिया दिनुहोस्