केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बुधवार १९ मन्त्री थपिए, नियुक्त भएका मन्त्री को कस्ता ?

सहयात्रा टिभी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेका छन् । बुधबार कांग्रेसबाट १०, माओवादीबाट ६, फोरम लोकतान्त्रिकबाट २ र नेकपा संयुक्तबाट एक मन्त्री बनेका हुन् ।प्रधानमन्त्री भएको ५० दिनपछि देउवाले थप १९ जनालाई मन्त्री नियुक्त गरेका हुन् । मन्त्री हुनेहरुमा कांग्रेसबाट १०, माओवादीबाट ६, फोरमबाट २ र नेकपा संयुक्तबाट एक जना मन्त्री थपिएका हुन् । नवनियुक्त मन्त्रीहरुले आजै शपथ लिएका छन् । १९ जना मन्त्री थपिएसँगै मन्त्रीपरिषद् २७ सदस्यीय भएको छ । बुधबार थपिएका १९ मध्ये १५ जना पहिलोपटक मन्त्री भएका हुन् । कांग्रेसबाट कानुनमन्त्री बनेका यज्ञबहादुर थापा कास्की निर्वाचन क्षेत्र नम्बर एकबाट सांसद हुन् । कांग्रेसका पुराना नेता मानिने यादव काँस्कीको कांग्रेस जिल्ला सभापति हुन् भने भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले डोटी १ का सांसद हुन् ।

सूचना तथा सञ्चार मन्त्री बनेका मोहनबहादुर बस्नेत खुमबहादुर खड्को कोटाबाट मन्त्री बनेका हुन् भने यसअघि स्वास्थ्य राज्यमन्त्री भएका बस्नेत सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट २०७० सालको संविधानसभा चुनावमा निर्वा्चित भएका थिए । त्यस्तै, सिँचाइ मन्त्री सञ्जय गौतम पनि नेपाली कांग्रेस बर्दियाका जिल्ला सभापति हन् । बर्दिया २ बाट निर्वा्चित भएका हुन् । यस्तै गरि,वाणिज्यमन्त्री मीन विश्वकर्मा समानुपातिकतर्फबाट सभासद बनेका हुन् । कांग्रेसभित्र सभापति देउवाको विश्वास पात्र मानिने विश्वकर्मा दलित संघको सभापतिसमेत हुन ।

गरिबी निवारण र सहकारी मन्त्री अम्बिका बस्नेतले कांग्रेसबाट मन्त्री हुने एक मात्र महिला हुन । समानुपाति कोटाबाट संविधानसभा सदस्य बनेकी बस्नेत महिला संघको केन्द्रिय सदस्य हुन । रक्षामन्त्री भीमसेनदास प्रधान २०७० सालको संविधानसभाको चुनावमा काठमाडौं ६ बाट निर्वा्चित भएका हुन् । प्रधान कृष्णप्रसाद सिटौलाको गुटबाट मन्त्री बनेका हुन् । कृषिमन्त्री रामकृष्ण यादव पनि पहिलोपटक मन्त्री बनेका हुन् । यादव संसदको सबैभन्दा शक्तिशाली मानिने सार्वजनिक लेखा समितिको सभापति भइसकेका छन् । यादव संविधानसभा निर्वाचनमा धनुषा २ बाट निर्वा्चित भएका हुन् ।

युवा तथा खेलकुदमन्त्री राजन केसी, २०७० सालको संविधानसभाको चुनावमा काठमाडौं १० बाट माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई हारए चोभार वडा नम्बर २ को वडाध्यक्षमा निर्वा्चित भएका हुन् । खानेपानी तथा सरसफाई मन्त्री महेन्द्र यादव समानुपातिक कोटाबाट सभासद हुन् । माओवादीले बुधबार मन्त्री बनाएका ६ मध्ये पाँच जना प्रत्यक्ष निर्वा्चित सांसद हुन् भने आशा कोइराला मात्र समानुपातिकतर्फकी सांसद हुन् । आपूर्ति मन्त्री शिवकुमार मण्डल पनि पहिलोपटक मन्त्री बनेका हुन् ।
नेपाल फोरम लोकतान्त्रिकबाट पर्यटन मन्त्री बनेका जितेन्द्र नारायण देव समानुपातिक कोटाबाट सभासद बनेका थिए ।
यस्तै नेकपा संयुक्तकी मिथिला चौधरीले वातावरण मन्त्रालय पाएकी छन् ।

 

प्रकाशित : 26 July, 2017

प्रतिक्रिया दिनुहोस्