केपी ओली प्रचण्ड माधव नेपाल एमाले


परिवर्तन हुदैछ विस्तारै : अब काठमाडौंमा ट्राफिकको हात दुख्दैन

सहयात्रा टिभी

काठमाडौं । काठमाडौ यसै पनि व्यस्त शहर । काठमाण्डौ उपत्यकामा दिन प्रतिदिन बढ्दै गएको जनसंख्या तथा सवारी चाप, सिमित साघुरा सडकहरू सवारी नियम तथा ट्राफिक संकेत सम्बन्धी सडक प्रयोगकर्ताहरुमा रहेको ज्ञानको कमी र ज्ञान भएकाहरुबाट समेत ट्राफिक नियमको उलंघन गर्ने प्रवृतिका कारण काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापन गर्ने कार्य जटिल एंव चुनौतिपुर्ण बन्दै गएको छ। काठमाडौंका धेरैवसो चोकमा ट्राफिक बत्ति नवल्ने गरेको वर्षौ भइसक्यो । भएका ठाउँमा पनि चल्दैनन् । तर पनि सम्वन्धित निकायको खासै ध्यान पुगेको देखिदैन । ट्राफिक बत्ति नबल्ने भएपछि चोकमा उभिएका ट्राफिक प्रहरीले हातको इशाराले सवारी साधन रोक्न तथा जाने संकेत गर्ने गरेका छन् । प्रहरीले हातको इशारा गर्दा सवारी चालकले नदेख्ने अलमलिने गरेका कारण पनि दुर्घटना वढ्ने गरेको छ । काठमाडौंका मुख्य मुख्य चोकहरु थापाथली, माइतिघर, बानेश्वर, कोटेश्वर, तीनकुने लगायतका ठाउँमा ट्राफिक बत्ति नहुँदा सवारी आवगमनमा निकै समस्या हुने र घण्टौं सम्म जाम हुने समस्या बढेको छ ।

सो समस्या समाधानका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंले अव भने नयाँ उपाय अपनाएको छ । महाशाखाले बिहीबारदेखि ट्राफिक बत्तिको विकल्पका रुपमा प्लेकार्ड प्रयोगमा ल्याएको छ । सवारी चाप बढी हुने चोकमा ट्राफिक प्रहरीले ‘स्टप’ र ‘गो’ लेखिएको प्लेकार्ड देखाएर सवारी साधनलाई रोकिने र जाने इशारा गर्न थालेका हुन् । यसो गर्दा ट्राफिक प्रहरीको हात पनि नदुख्ने, सवारी चालकले पनि राम्रोसँग देख्न र बुझ्न सक्ने भएकाले सो उपाय अपनाईएको ट्राफिक प्रहरी महाशाखा काठमाडौंले जनाएको छ ।

प्रकाशित : 27 July, 2017

प्रतिक्रिया दिनुहोस्