केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बिहारका मुख्यमन्त्री नितिशकुमारको बुधवार राजीनामा, लगत्तै विहिवार पुनः सपथ ग्रहण

सहयात्रा टिभी

एजेन्सी । भारतको बिहारको मुख्यमन्त्रीबाट बुधबार राजीनामा दिएका नितिशकुमार बिहीबार नै फेरि मुख्यमन्त्री बन्ने भएका छन् । लालुप्रसाद यादव नेतृत्वको राष्ट्रिय जनता दलसँगको सहकार्यमा खटपट भएपछि बुधबार राजीनामा दिएका नितिशकुमारले बिहीबार नयाँ राजनीतिक गठबन्धनका तर्फबाट भारतीय जनता पार्टी भाजपासँग मिलेर सरकार गठन गर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मुख्यमन्त्री नितिशकुमारको सपथ ग्रहणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि उपस्थित हुने सम्भावना रहेको त्यहांका सञ्चारमाध्यमले जनाएका छन् ।

 

प्रकाशित : 27 July, 2017

प्रतिक्रिया दिनुहोस्