केपी ओली प्रचण्ड माधव नेपाल एमाले


श्रीमतीसंगको झगडापछि घरवाट निस्केका श्रीमान मृत भेटिए

सहयात्रा टिभी

दाङ । दाङको घोराही उपमहानगरपालिका–१५ मा एक व्यक्ति मृत अवस्थामा भेटिएका छन् । घोराहीको तुलसिपुर चोकमा शुभानन्द अधिकारी बिहीबार बिहान मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
बुधबार राति श्रीमतीसँग झगडा परेपछि अधिकारी घरबाट निस्किएका थिए । अधिकारीको टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित : 27 July, 2017

प्रतिक्रिया दिनुहोस्