केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आयोगले राजनीतिक दल र सर्वसाधरण सवैसंग माग्यो सुझाव

सहयात्रा टिभी

काठमाडौं । निर्वाचन क्षेत्र निर्धारण आयोगले निर्वाचन क्षेत्र निर्धारण गर्न राय सुझाव मागेको छ । प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचन क्षेत्रको लागि आयोगले सूचना निकालेर सुझाव मागेको हो । प्रतिनिधिसभाका लागि एक सय ६५ र प्रदेशसभाका लागि ३ सय ३० निर्वाचन क्षेत्र कायम गर्न राजनीतिक दल, विषयगत विज्ञ र सर्वसाधरण सवैमा एक हप्ताको समय दिएर सुझाव दिन आग्रह गरेको हो ।

सुझाव संकलन गरि आयोगले सरकारलाई २१ दिनभित्र प्रतिनिधिसभा र प्रदेशसभाका लागि संविधानले व्यवस्था गरेको प्रत्यक्षतर्फको निर्वाचन क्षेत्र निर्धारण गरी प्रतिवेदन बुझाउनुपर्नेछ । संविधानले प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा ६० प्रतिशत प्रत्यक्ष र ४० प्रतिशत समानुपातिकको व्यवस्था गरेको छ ।

अहिलेसम्म प्रदेश नम्बर २ बाहेकमा स्थानीय तहको चुनाव सम्पन्न भइसकेको छ भने प्रदेश २ मा आगामी असोज २ मा स्थानीत तहको चुनाव हुँदैछ । संविधान बमोजिम आगामी माघ ७ गते भित्रमा स्थानीय तह, प्रदेशसभा र संघीय संसद्को चुनाव गरिसक्नुपर्नेछ ।

प्रकाशित : 27 July, 2017

प्रतिक्रिया दिनुहोस्