केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुनको भाउ बढ्यो

सहयात्रा टिभी

काठमाडौं । हिजोको तुलनामा आज सुनको भाउ बढेको छ । आज सुनको भाउ तोलामा चार सय रुपैयाँले बढेर तोलामा ५४ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार तीन सय घटेर तोलाको ५४ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको भाउ पनि १० रुपैयाँले बढेर तोलाको ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । डलर कमजोर भएका कारण सुनको भाउ बढेको महासंघले जनाएको छ ।

प्रकाशित : 27 July, 2017

प्रतिक्रिया दिनुहोस्