केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भरतपुरको फैसला अझै भएन, आगामी बहस आईतवार

सहयात्रा टिभी

काठमाडौं । विवादित वनेको भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा फेरि मतदान गर्ने कि नगर्ने भन्ने बारेमा सर्वोच्च अदालतमा बिहीबार पनि बहस हुन सकेन । न्यायाधीशहरु ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको इजलासमा भएको सुनुवाईमा बहस नसकिएका कारण हेर्दा हेर्दैमा राखिएको सर्वोच्च अदालत जनाएको छ । अव आगामी बहस आइतबारका लागि तोकिएको छ ।

मतगणनाका क्रममा नेकपा माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेपछि निर्वाचन आयोगले भरतपुरको १९ नम्बर वडामा पुनः मतदान गराउने निर्णय गरेको थियो । पुनः मतगणना गर्ने वा पुनः मतदान गर्ने भन्ने छिनोफानो भने आगामी आईतवार सर्वोच्चमा यदि बहस भयो भने भरतपुरकाण्डले पक्कै निकास पाउनेछ ।

प्रकाशित : 27 July, 2017

प्रतिक्रिया दिनुहोस्