केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राजधानीमा ढल र पानी सडकभरि : जनजिवन अस्तव्यस्त

सहयात्रा टिभी

काठमाडौं । जब काठमाडौंमा मुसलधारे पानी पर्छ सडकमा निस्किनु भन्दा ननिस्कनु नै वेश हुन्छ । ननिस्केर पनि पार लाग्दैन । सडकमा भिज्दै निस्कियो फेरी कुन खाडलमा परिने हो वा ढलले बगाएर ज्यानै जाने होकि भन्ने त्रासमा यात्रा गर्नुपर्ने बाध्यता काठमाडौंवासीको छ । शुक्रवार सांझ राजधानीमा परेको पानीले काठमाडौंको मुख्य मुख्य स्थानमा ढल र खानेपानीको पाइप फुटेर सडक क्षेत्र अस्तब्यस्त भएको छ । पुतलीसडक, सुन्धाराचोकदेखि भोटोहिटी, जमल, नारायण गोपालचोक, चावाहिलदेखि गोपिकृष्णचोक तीनकुनेदेखि कोटेश्वर, थापाथलीदेखि माइतिघर, नक्सालदेखि भगवती बहाल, गौशालाको जयबागेश्वरी, लैनचौर र सोह्रखुट्टेमा गरि मुख्य मुख्य चोकमा पानी र ढलको लिकेजको समस्या ब्यापक छ ।

प्रधानमन्त्री कार्यालयमा बसेको बैंठकमा सडक विभागका प्रतिनिधिहरुले तत्काल यस्ता लिकेजहरु बन्द गरिदिए मात्रै सडक मर्मत गर्न सक्ने बताएपछि प्रधानमन्त्री कार्यालयले १५ गतेभित्र सवै ठाउमा पानी र ढलको लिकेज मर्मत गर्न निर्देशन दिएको छ ।

प्रकाशित : 28 July, 2017

प्रतिक्रिया दिनुहोस्