केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अन्तर्रािष्ट्रय बाघ दिवस : विश्वभर २०२० सम्म बाघको संख्या दोब्बर पु‍र्याउने लक्ष्य

सहयात्रा टिभी

काठमाडौं । आज जुलाई २९ अर्थात सातौं अन्तर्रािष्ट्रय बाघ दिवस, विश्वभर विभिन्न कार्यक्रम गरी मनाईदै छ । सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा भएको बाघ पाइने १३ देशको सम्मेलनले जुलाई २९ लाई अन्तर्रा्ष्ट्रिय बाघ दिवसको रुपमा मनाउने निर्णय गरेको थियो । यहि सन्दर्भलाई पारेर हरेक वर्ष विश्वभर बाघ दिवस मनाउने गरिदै आइएको छ । उक्त सम्मेलनले सन् २०२० सम्ममा विश्वभर बाघको संख्या दोब्बर पु‍र्याउने लक्ष्य पनि निर्धारण गरेको थियो ।

हाल विश्वमा अहिले झण्डै साढे तीन हजारको हाराहारीमा बाघको संख्या रहेको छ । नेपालमा सन् २०१३ मा भएको गणना अनुसार चितवन राष्ट्रिय निकुञ्जमा १ सय २०, बर्दिया निकुञ्जमा ५०, शुक्लाफाँटा वन्यजन्तु आरक्षमा १७, पर्सा वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्र तथा आसपासका वन क्षेत्रमा ७, निकुञ्ज बाँके र आसपासका मध्यवर्ती क्षेत्रमा ४ गरी जम्मा बाघको संख्या १ सय ९८ पुगेको थियो । त्यसअघि सन् २००९ को गणनामा बाघको संख्या १ सय २१ थियो । नेपालमा हरेक चार वर्षमा बाघ गणना हुने गर्छ । नेपालमा पछिल्लो समय बाघको संख्या केही बढ्दै गएको तथ्यांकले देखाएको छ । नेपालमा सन् २०२२ सम्ममा बाघको संख्या २ सय ५० पुर्‍याउने लक्ष्य अनुसार संरक्षणको काम भैरहेको सरकारले जनाएको छ ।

प्रकाशित : 29 July, 2017

प्रतिक्रिया दिनुहोस्