केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भरतपुर १९ मा पुनः चुनाव गर्न सर्वोच्चद्धारा खुला

सहयात्रा टिभी

काठमाडौं । सर्वोच्च अदालतले लामो समयको प्रतिक्षापछि भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदान गर्ने बाटो खुला गरिदिएको छ । अन्तिम चरणमा पुगेको भरतपुरको मतगणनाका क्रममा नेकपा माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेपछि निर्वाचन आयोगले त्यहाँ फेरि चुनाव गर्ने निर्णय गरेको थियो । आयोगको निर्णयविरुद्ध वडा नम्बर १९ का वडा सदस्य उम्मेदवार गुञ्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेले जेठ २१ गते सर्वोच्चमा रिट हाल्नु भएको थियो । त्यो रिटमाथि सुनवाई गर्दै न्यायाधीशहरु ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको इजलासले निर्वाचन आयोगको निर्णय सदर गर्दै फेरि चुनाव गर्न आदेश दिएको हो ।

भरतपुर १९ मा ३ हजार ३ सय २ मत खसेको थियो । गणनाको अन्तिम नतिजा आउँदासम्म मेयरमा एमालेका देवी ज्ञवाली, माओवादी उम्मेदवार रेणु दाहालभन्दा ७ सय ३३ मतले अघि हुनुहुन्थ्यो । भरतपुरको कुल २ हजार ८ सय १८ मत खसेकोमा १८ सय मत गनेर सकिएर अन्तिम चरणमा पुग्दा मेयरमा माओवादी उम्मेदवार रेणु दाहालको पक्षमा सोचेजति मत नआएपछि माओवादी प्रतिनिधिले मतपत्र च्यातेका थिए ।

प्रकाशित : 30 July, 2017

प्रतिक्रिया दिनुहोस्