केपी ओली प्रचण्ड माधव नेपाल एमाले


डा. गोविन्द केसीसंग सोमवार पनि वार्ता हुँदै

सहयात्रा टिभी

काठमाडौं । विगतका सम्झौता अनुसार चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमलाई थप स्वायतत्ता दिँदै विद्यार्थी भर्ना शुल्क र सम्बन्धन सम्बन्धी अधिकार त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषदबाट आईओएममा फिर्ता गर्नुपर्ने लगायतका माग राख्दै केहि दिनदेखि डा. गोविन्द केसी पटक पटक गरि ११ औं पटकको अनसनमा बसिरहेका छन् । डा. गोविन्द केसीले उठाएका माग सम्बोधन गर्न डा. केसी र सरकारका प्रतिनिधिविच आईतवार पनि वार्ता भएको थियो, सो वार्ता निष्कर्षविहिन भयो भने सोमबार पनि वार्ता हुँदैछ ।

बार्तामा डा. केसीको माग बमोजिम त्रिभुवन विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन संस्थानलाई कस्तो स्वरुपमा स्वायत्त बनाउने भन्नेबारेमा छलफल हुनेछ । संस्थानका डिनले स्वायतत्ताबारेको खाका ल्याउने र यसबारे दुवै पक्षबिच छफफल हुने वार्ता समितिका संयोजक तथा शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले जानकारी दिनुभएको छ ।

 

प्रकाशित : 31 July, 2017

प्रतिक्रिया दिनुहोस्