केपी ओली प्रचण्ड माधव नेपाल एमाले


जवरजस्ती करणी गरि हत्या गर्ने प्रहरी हवल्दारलाई जन्मकैदको सजाँय

सहयात्रा टिभी

जाजरकोट । भेरी नगरपालिका–४ की राधिका सुनारलाई प्रहरी हबल्दार कमल सुनारले जवरजस्ती करणी गरि गत माघ २२ गते पासागाड खोलामा खुकुरी प्रहार गरी राधिका सुनारको हत्या गरेका थिए । लामो समयसम्मको प्रहरी अनुसन्धानपछि जिल्ला प्रहरी कार्यालयको मुद्दा फाँटमा कार्यरत प्रहरी हबल्दार कमल सुनारलाई हत्यामा संलग्न रहेको भन्दै जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको हो ।

गोविन्द महरको जाहेरीले जबर्जस्ती करणीसहित कर्तव्य ज्यान मुद्दा लागेका कमल सुनारलाई आइतबार जिल्ला न्यायाधीश लीलाराज अधिकारीको इजलासले सर्वस्वसहित प्रहरी हवल्दार सुनारलाई जन्म कैदको फैसला गरेको हो ।

 

प्रकाशित : 31 July, 2017

प्रतिक्रिया दिनुहोस्