केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अपहरणमा परेका पाँच वर्षे बालक सकुशल फेला

सहयात्रा टिभी

काठमाडौं । काठमाडौंबाट गत बिहीबार अपहरणमा परेका पाँच वर्षीय बालक सकुशल फेला परेका छन् । अपहरणमा परेका बालक विशाल चौधरीलाई प्रहरीले सकुशल उद्धार गरेको हो । काठमाडौंको पकनाजोलमा रहेको सरस्वती माविमा यू केजीमा अध्ययनरत बालकलाई सोमवार बिहान काँडाघारीबाट उद्धार गरेको महानगरीय अपराध अनुसन्धान महाशाखाले जनाएको छ । बालकलाई विद्यालयबाट घर फर्किने समयदेखि सम्पर्कबिहीन भएका थिए । प्रहरीले अपहरणमा सम्लग्न एक जनालाई पक्राउ गरेको छ ।

प्रकाशित : 31 July, 2017

प्रतिक्रिया दिनुहोस्