केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अन्तत: सन् २०२८ को ओलम्पिक अमेरिकाको लस एन्जलसमा हुने

सहयात्रा टिभी

एजेन्सी । अमेरिकाको लस एन्जलसमा अन्तत: सन् २०२८ को ओलम्पिक खेल आयोजना हुने भएको छ । सन् २०२४ को संस्करण आयोजनाका लागि फ्रान्सको पेरिस र अमेरिकाको लस एन्जलसले दाबी गर्दै आएका थिए । दुवै शहरले आफूहरुले ओलम्पिकका लागि तयारी सुरु गरिसकेकाले आयोजनाको जिम्मेवारी पाउनु पर्ने बताउँदै आएका थिए । तर अहिले आएर लस एन्जलसले सन् २०२४ को दाबी छोड्दै पेरिसलाई सजिलो बनाएको छ । लस एन्जलसको पछिल्लो भनाईपछि अब सन् २०२४ को ओलम्पिक खेल पेरिसमा र २०२८ को लस एन्जलसमा हुने भएको हो।

प्रकाशित : 1 August, 2017

प्रतिक्रिया दिनुहोस्