केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सशस्त्रका सइ सुन तस्करीलाई सघाउदै, अवैध सुन सहित ३ जना पक्राउ

सहयात्रा टिभी

काठमाडौं । नेपालमा लागूऔषध, सुन तस्करी भईरहनु र सो तस्करीमा नेपाल सरकारका उच्च ओहोदामा आसिन कर्मचारीहरुकै मिलेमतोमा तस्करलाई सघाउनु र तस्करीमा बढावा दिनु त कुनै नौलो कुरा होईन । सोहि घटनाक्रम दोहोरिहेका वेला फेरि त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट एक प्रहरीले तस्करलाई सघाएर सुन तस्करी भइरहेको बाहिर आएको छ । तस्करमा संलग्न सशस्त्र प्रहरीका सइ सञ्जीव मानन्धर सहित अन्य तीनजनालाई दुई किलो सुनसहित प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले सोमबार विमानस्थलमा कार्यरत सशस्त्रका सइ सञ्जीव मानन्धर र अन्य तस्करलाई विमानस्थलबाटै पक्राउ गरिएको जनाएको छ । मलेसियन एयरलाइन्स हुँदै सिंगापुरबाट आएका नवलपरासी राकाचुलीका ३० वर्षीय लेखबहादुर रजाली र कास्कीकी पार्वती गुरुङले अवैध सुन ल्याएका थिए । पक्राउ परेका तीनैजनालाई थप अनुसन्धान र कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको विमानस्थल प्रहरीले जनाएको छ । तीनैजना विमानस्थलको शौचालयबाट सशस्त्रका सइमार्फत सुन पास गराउन लागेको वेला पक्राउ परेका थिए ।

 

प्रकाशित : 1 August, 2017

प्रतिक्रिया दिनुहोस्