केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भेनेजुएलाका राष्ट्रपति मदुरोलाई अमेरिकामा प्रतिबन्ध, प्रतिबन्धसंगै मदुरोको अमेरिकामा रहेको सवै सम्पत्ति फ्रिज

सहयात्रा टिभी

एजेन्सी । अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाइ अमेरिका प्रवेशमा रोक लगाएको छ । राष्ट्रपति मदुरो तानाशाह देखिएको भन्दै अमेरिकाले  प्रतिबन्ध लगाएको हो । भेनेजुएलामा भएको विवादास्पद चुनावमा मदुुरो तानाशाह रहेको भनि अमेरिकाले टिप्पणी गरेको छ । प्रतिबन्ध लगाएसंगै अमेरिकामा रहेको मदुरोको सबै सम्पत्ति फ्रिज भएको छ । यस्तै अब कुनै पनि अमेरिकी व्यवसायिक संस्था तथा व्यक्तिले मदुरोसँग कारोबार गर्न पनि पाउने छैनन् ।

राष्ट्रपति मदुरोले आफू प्रतिवन्धमा परेको वारे टिप्पणी गर्दै आइतबारको चुनाव केवल परिवर्तनका लागि मात्रै रहेकोले आफूमाथि लगाईएको प्रतिबन्धले कुनै फरक नपर्ने बताएका छन् । अमेरिकाले आफूमाथि लगाएको प्रतिबन्धले डोनाल्ड ट्रम्पको घृणाको स्वरुप देखिएको छ मदुरोले एक टेलिभिजनमा भनेका छन् । भेनेजुएलामा राष्ट्रपति मदुरो र विपक्षी बिचको तनाव झनै बढ्दै गएको छ भने त्यहां राजनीतिक अस्थिरता पनि बढ्दै गएको छ । भेनेजुएलामा आइतबार संविधानसभा चुनाव भएको थियो । विरोध प्रदर्शनकाबिच कम्तिमा १० जनाको ज्यान गएको थियो ।

प्रकाशित : 1 August, 2017

प्रतिक्रिया दिनुहोस्