केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भरतपुरमा साउन २० गते पुनः मतदान, बुधवारदेखि नै मौन अवधी शुरु हुने

सहयात्रा टिभी

चितवन । भरतपुर महानगरपालिका वडा नम्बर १९ मा सर्वोच्च अदालतले पुनः मतदान गराउन आदेश दिएसंगै भरतपुरको सबै मतदान केन्द्रमा साउन २० गते पुन मतदान हुने भएको छ । मंगलबार चितवनमा बसेको दलको बैठकले साउन २० गते निर्वाचन गराउने सहमति भएको जनार्ईएको छ । यहि बुधबारदेखि नै मौन अवधि शुरु हुने गरि आचारसंहिता सुरु हुनेछ ।

स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्तर्गत गत वैशाख ३१ गते मतदानपछि मतगणनाका क्रममा जेठ १४ गते राति मतपत्र च्यातिएपछि मतगणना स्थगन भएको थियो । निर्वाचनको मिति तय भएसँगै दलहरुले चुनावको लागि आन्तरिक तयारी गर्ने बताइएको छ । भरतपुरको चुनावको मतगणनाका क्रममा सो वडाको ९० मतपत्र च्यातिएपछि भरतपुरकाण्ड चर्चामा आएको थियो । भरतपुर महानगरपालिकाको मेयर पदमा नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसको संयुक्त उम्मेदवार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्री रेणु दाहाल र नेकपा एमालेका तर्फबाट देवी ज्ञवाली चुनावी प्रतिष्पर्धामा छन् ।

 

प्रकाशित : 1 August, 2017

प्रतिक्रिया दिनुहोस्