केपी ओली प्रचण्ड माधव नेपाल एमाले


२ नम्बर प्रदेशको चुनावमा माओवादी हेडक्वार्टर मधेसमा

सहयात्रा टिभी

काठमाडौं । स्थानिय तहको दोस्रो चरणको बांकी २ नम्बर प्रदेशको निर्वाचन तयारीका लागि माओवादी केन्द्रले पार्टी ’हेडक्वार्टर’ मधेसमा राखेर चुनावको प्रचारप्रसारमा थप सहज हुने हुदां मधेसमा नै राख्ने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापालगायत शीर्ष नेता निर्वाचन अवधिभर मधेसमा रहने गरी पार्टी ’हेडक्वार्टर’ मधेसमै राख्ने माओवादी केन्द्रले जनाएको छ ।
पार्टी अध्यक्ष दाहाल, श्रेष्ठ र थापा लगायत दुई नम्बर प्रदेशका आठै जिल्लामा जिल्लाले मागेका नेतालाई आ आफ्नो जिम्मेवारी तोकेर परिचालन गर्ने योजना पनि माओवादीले जनाएको छ ।

प्रकाशित : 2 August, 2017

प्रतिक्रिया दिनुहोस्