केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मन्त्रिपरिषदबाट स्वीकृत सशस्त्र प्रहरी बलको दरबन्दी गृहमा रोकियो

सहयात्रा टिभी

काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलको समूहकृत दरबन्दी प्रक्रिया रोकेको छ । गृहमन्त्री जनार्दन शर्मा र गृहसचिव लोकदर्शन रेग्मी दुवैले मन्त्रिपरिषदबाट स्वीकृत भईसकेको सशस्त्र प्रहरी बलको दरबन्दी प्रक्रिया रोकेको स्रोतले बताएको छ । दुई महिनादेखि नियमावली अनुसारको प्रक्रिया रोकेर सशस्त्र प्रहरीलाई अस्थिरतातर्फ धकेलेको गृहमन्त्री शर्मालाई आरोप लागेको छ ।

सशस्त्रले मन्त्रिपरिषदबाट  पारित भईसकेपछि सेवा विशिष्टीकरणको फाइल दुई महिनाअघि नै गृह मन्त्रालय पठाएको थियो । उक्त फाईल सशस्त्रले गृह मन्त्रालय पठाएपनि मन्त्री र सचिवले तीन सयभन्दा बढी अधिकृतको फाइल रोकेपछि उनीहरूले आफूहरुको भविष्य अन्योलमा परेको गुनासो गरेका छन् ।

हाल सशस्त्रमा कुल दरबन्दी ३६ हजार ७ सय ५६ जना रहेकोमा साधारण उपसमूहतर्फ ३५ हजार ५ सय २८, लेखा उपसमूहमा ३ सय ३८, कानुन उपसमूहमा १४, प्राविधिक समूह अन्तर्गत सञ्चार तथा इन्जिनियरिङ उपसमूहमा ७ सय ३८ जना र स्वास्थ्य उपसमूहमा १ सय ३८ जना कार्यरत छन् ।

 

 

प्रकाशित : 2 August, 2017

प्रतिक्रिया दिनुहोस्