केपी ओली प्रचण्ड माधव नेपाल एमाले


डा. केसीको मागमा सरकार उदासिन रहेको भन्दै आवासीय डाक्टरद्वारा ओपिडी सेवा ठप्प

सहयात्रा टिभी

काठमाडौं । ११ औं पटकको अनशनरत डा. गोविन्द केसीको मागमा सहमति जनाउँदै बुधबारदेखि अत्यवश्यकिय सेवा वाहेक आवासीय डाक्टरहरुलेले ओपिडी सेवा बहिष्कार गरेका छन् । डा. केसीको स्वास्थ्य अवस्था झन झन कमजोर बन्दै गएको र डा. केसीको मागप्रति सरकार उदासिन रहेको भन्दै आवासीय डाक्टरले ओपिडीमा काम ठप्प पार्ने बताएका हुन् ।

आवासीय डाक्टरले ओपिडीसहित पठनपाठनका कुनै पनि शैक्षिक कार्यक्रममा सरिक नहुने जनाएका छन् । डा. केसीको माग पूरा गराउन दबाब दिने उद्देश्यले आवासीय डाक्टरले ओपिडी सेवा बहिष्कार गरेको नेशनल रेजिडेन्ट डक्टर्स एसोसियसनले जनाएको छ त्रिवि शिक्षण अस्पतालमा अहिले ३ सय ५० आवासीय डाक्टर छन् । आवासीय डाक्टरले सेवा बहिष्कार गर्दा विरामीको उपचार भने प्रभावित हुने भएको छ ।

 

प्रकाशित : 2 August, 2017

प्रतिक्रिया दिनुहोस्