मुग्लिन–नारायणगढ सडकखण्डमा गएको पहिरोले बस र जीप बगायो
सहयात्रा टिभी
काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डमा फेरि पहिरो खसेको छ । सो पहिरोले एउटा बस र जीप पनि बगाएको छ । कालिखोला नजिकैको दुई किलो र तीन किलो भन्ने ठाउँमा खसेको पहिरोले जीप र बस बगाएको हो । पहिरोले काठमाडौंबाट इलामका लागि छुटेको ना ६ ख ७१२१ नम्बरको बस बगाएर त्रिशूली नदीमा पुर्याएको छ भने बसका सबै यात्रु र चालक सकुशल रहेका चितवन जिल्ला प्रहरीले जानकारी दिएको छ ।
यस्तै सोहि पहिरोले बा १५ च ९३८० नम्बरको जीप पनि बगाएको छ । जीपका यात्रु पनि सकुशल छन् । बुधवार मात्रै प्रधानमन्त्री शेरबहादुर देउवाले मुग्लिन–नारायणगढ सडकखण्डको अनुगमन गर्नुभएको थियो । ठूलो बर्षा भईरहेकाले पहिरो हटाउन ५-६ घण्टा लाग्ने प्रहरीले बताएको छ ।