केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अविरल बर्षाका कारण ‘बबई र कर्णाली नदीमा बाढीको खतरा, सतर्क रहन आग्रह

सहयात्रा टिभी

बर्दिया । लगातारको वर्षासंगै बबई नदी र कर्णाली नदीमा पानीको सतह बढेको छ । पानीको सतह बढेसँगै बबई र कर्णाली नदीमा बाढीको जोखिम बढेको हो । जोखिम बढेकाले सर्तकता अपनाउन र नआत्तिन पनि सूचना दिईएको छ । बबई आसपासका वासिन्दालाई बबई नदी र कर्णाली नदीमा पानीको सतह बढ्न सक्ने भएकाले सर्तकर्ता अपनाउन जिल्ला प्रशासन कार्यालय बर्दियाले आग्रह गरेको छ । ‘अबिरल वर्षाका कारण स्थानीय खोला र कुलामा पानीको सतह बढ्न सक्छ सतर्कता अपनाउन अनुरोध छ’ जिल्ला प्रशासन कार्यालय बर्दियाले सवैमा सूचित गरेको छ ।

जिल्ला आपतकालिन कार्य संचालन केन्द्र बर्दियाका अनुसार बबई नदीको पानीको सतह मापन केन्द्र चेपाङ्गमा नदीमा ५ दशमलव ७३ मिटरसम्म पानीको सतह पुगेको छ । यस्तै कर्णाली नदीमा अहिले पानीको सतह ९ दशमलव ९७ मिटर पुगेको छ । कर्णाली नदीमा पानीको सतह बढीरहेको छ । १० दशमलव ८० भन्दा बढी भएमा कर्णाली नदीको बाढी गाउँमा पस्न सक्ने खतरा हुन्छ । यस्तै सामाजिक सञ्जालमार्फत बाढी आयो भन्ने हल्ला नगर्न सवैमा अनुरोध गरिएको छ ।

प्रकाशित : 4 August, 2017

प्रतिक्रिया दिनुहोस्