केपी ओली प्रचण्ड माधव नेपाल एमाले


डा. केसी ११ औँ पटकको अनसनमा : बिहिवार ११ औँ दिन पूरा

सहयात्रा टिभी

काठमाडौं । डा. गोविन्द केसी ११ औँ पटक अनसन बसेको आज ११ औँ दिन भएको छ । चिकित्सा शिक्षा ऐन संसदबाट तत्काल पारित गर्नुपर्ने लगायत माग गर्दै उनि पटक पटक गरि यस पटक ११ औं पटक अनसन वसेका हुन् । उनको यसपटकको अनसनका वेला पनि बार्ता भईरहेका छन् तर ठोस निचोड भने निस्कन सकेको छैन ।

सरकारले डा. केसीका माग पूरा गर्न प्रतिवद्ध रहेको बताएपनि वार्तामा डा. केसीले उठाएका माग पूरा गर्न खासै चासो नदेखाएको डा. केसी पक्षका वार्ता टोलीका सदस्यले बताएका छन् । डा.केसीले चिकित्सा शिक्षा ऐन संसदबाट पारित नभएसम्म र त्रिभुवन विश्वविद्यालयले आइओएमको अधिकार फिर्ता नगरेसम्म कुनै हालतमा अनसन नतोड्ने अडान लिएका छन् । यसैबिच अनसनरत डा. केसीका मागमा समर्थन जनाउँदै त्रिवि शिक्षण अस्पतालका आवासीय डाक्टरले बुधवारदेखि ओपिडी सेवा ठप्प पारेका छन् ।

 

प्रकाशित : 3 August, 2017

प्रतिक्रिया दिनुहोस्