केपी ओली प्रचण्ड माधव नेपाल एमाले


दक्षिण एसियामा तापक्रम बृद्धि, मानिस बाँच्नै नसक्ने गरी गर्मी बढ्ने : सजग रहन चेतावनी

सहयात्रा टिभी

काठमाडौं ।  दक्षिण एसियामा गर्मी तथा आद्रता अस्वभाविक रुपमा बढ्दै गएको र यसका कारण दशौंलाख मानिस प्रभावित हुने देखिएको छ । नयाँ अध्ययन अनुसार विश्वव्यापी रुपमा भइरहेको तापदक्षिण एसियामा तापक्रम बृद्धि, मानिस बाँच्नै नसक्ने गरी गर्मी बढ्ने स् सजग रहन चेतावनीक्रम बृद्धिले गर्दा दक्षिण एसियाली क्षेत्र बढी प्रभावित हुने देखिएको हो । यस क्षेत्रमा गर्मी तथा आद्रता अरु क्षेत्रमा भन्दा बढी र अस्वभाविक रुपमा बढ्दै गएको देखिएको अनुसन्धानकर्ताले बताएका छन् । तापक्रम बृद्धिका कारण हुने गर्मी तथा आद्रताको मारमा भारत, पाकिस्तान तथा बंगलादेश बढी पर्ने देखिएको छ । सन् २१०० सम्ममा यि देशको तापक्रम निकै उच्च पुग्ने र मासिनलाई बाच्नका लागि नै निकै संघर्ष गर्नुपर्ने देखिएको छ । आद्रतासहितको तातो हावा चल्ने क्रम बढ्दै गएको र यसका कारण मानव समुदाय जोखिममा पर्ने अनुसन्धानकर्ताले बताएका छन् ।
दक्षिण एसियामा विश्वको कुल जनसंख्याको पाँच भागको एक भाग अर्थात २० प्रतिशत मानिसको बसोबास छ । जलवायु परिवर्तन तथा विश्वव्यापी रुपमा भइरहेको तापक्रम बृद्धि रोक्ने पक्षमा तत्काल काम नहुने हो भने यो खतराको अवस्था अझै उच्च हुने वैज्ञानिकले बताएका छन् । आद्रतासहितको तातो हावाको मारमा ३० प्रतिशत क्षेत्र पर्ने देखिएको छ ।


विश्वका धेरैजसो आधिकारिक मौसम केन्द्रले दुई प्रकारका थर्मो्मिटर, ड्राइ बल्ब र वेट बल्ब थर्मो्मिटरबाट तापक्रम नाप्ने गरेका छन् । ड्राइ बल्बले हावा तथा वेट बल्बले हावामा रहेको आद्रताको मापन गर्दछ । मानिसका लागि वेट बल्बको मापन काम लाग्छ ।
सामान्यतया मानिसको शरीर भित्रको तापक्रम ३७ डिग्री सेन्टिग्रेट तथा बाहिरी छालाको तापक्रम ३५ डिग्री हुने गर्दछ । यदी वातावरणमा वेट बल्ब थर्मो्मिटरको तापक्रम ३५ डिग्री वा त्यो भन्दामाथि रहेमा गर्मी घटाउने शरीरको क्षमतामा तीब्र गतिमा कमी आउने र यो क्रम जारी रहेमा स्वस्थ व्यक्तिको पनि झण्डै ६ घण्टामा ज्यान जान सक्छ ।

मानिसलाई जीवित रहनका लागि वेट बल्बमा ३५ डिग्री भन्दा कम तापक्रम हुनु पर्ने हुन्छ । धेरै मानिसका लागि ३१ डिग्रीको वेट बल्ब तापक्रम पनि निकै खतरनाक हुने गरेको छ । अहिले वेट बल्ब थर्मो्मिटरमा मापन गरिएको तापक्रम ३१ डिग्रीबाट माथि गएको छैन । अपवादमा सन् २०१५ मा भने यो तापक्रम ३५ डिग्री पुगेको थियो । पछिल्लो समय गरिएको अनुसन्धानमा वेट बल्ब तापक्रम र मानिसको शरीर बिचको सम्बन्धका बारेमा हेरिएको हो । यसमा वेट बल्बकै तापक्रम पनि बढ्दै गएको र यो मानव जीवनका लागि निकै खतराको विषय रहेको देखिएको हो । अनुसन्धानकर्ताले उच्च स्तरको जलवायु मोडलको प्रयोग गरी अध्ययन गरेका हुन् ।

कार्बन उत्सर्जनको दर अहिले भइरहेको वा त्यो भन्दा बढेमा सन् २१०० सम्ममा दक्षिण एसियाली क्षेत्रमा वेट बल्ब तापक्रम ३५ डिग्री नजिक पुग्ने अनुसन्धाकर्ताले चेतावनी दिएका छन् । अहिलेको अवस्था कायम रहेमा भारतको गंगा नदी किनार आसपास, उत्तर पूर्वी भारत, बंगलादेश, चीनको पूर्वी तटीय क्षेत्र, श्रीलंकाको उत्तरी क्षेत्र र पाकिस्तानको सिन्धु घाँटीसहित दक्षिण एसियाको तापक्रम मानिसले जीवन धान्नै नसक्ने गरी बढ्ने देखिएको छ ।
दक्षिण एसियाका ३० प्रतिशत भन्दा बढी मानिस वेट बल्ब थर्मो्मिटरमा मापन गरिने तापक्रम ३१ डिग्री भन्दा बढी रहेको अवस्थामा हुने छन् । अहिले भने यस्तो खतरामा रहेका मानिसको संख्या शून्य बराबर नै छ । बढी मानिसको बसोबास रहेको र खेतीपाती हुने क्षेत्रमा नै वेट बल्ब तापक्रम बढ्ने देखिएकाले चेतावनीको अवस्था रहेको अमेरिकाको म्यासाचुसेट्स इन्ष्टिच्युट अफ टेक्नोलोजीका प्राध्यापक एलफेथ एल्ताहिरले बताउनुभयो ।
यदी पेरिस जलवायु सम्झौतामा भनिए अनुसार विश्वको तापक्रम बृद्धि दुई डिग्री भन्दा कम गरेमा वेट बल्ब थर्मो्मिटरमा नापिने तापक्रम ३१ डिग्री भन्दा बढी रहेको अवस्थामा बाँच्न बाध्य मानिसको संख्या दुई प्रतिशतमा घटाउन सकिने वैज्ञानिकले बताएका छन् । तर त्यसका लागि कार्बन उत्सर्जन नियन्त्रणका लागि अहिले नै पहल गर्नु पर्नेमा जोड दिइएको छ । अनुसन्धान प्रतिवेदन साइन्स एड्भान्स जर्नलमा प्रकाशित भएको छ ।
( स्रोत स् बिबिसी, साइन्स एड्भान्स

प्रकाशित : 3 August, 2017

प्रतिक्रिया दिनुहोस्