केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. वाग्ले

सहयात्रा टिभी

काठमाडौं । मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. स्वर्णीम वाग्लेलाई नियुक्त गरेको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले वाग्लेलाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो । उपाध्यक्षमा नियुक्त वाग्ले यसअघि श्रेष्ठ र पोखरेल उपाध्यक्ष हुँदा आयोगको सदस्य थिए । वाग्लेलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले योजना आयोगको उपाध्यक्षको जिम्मेवारी दिएको हो । उनले विश्व बैकको मुख्यालय वासिङटन डिसिमा वरिष्ठ अर्थशास्त्रीको रुपमा समेत लामो समय काम गरेका थिए । राष्ट्रसंघीय विकास कार्यक्रममा पनि उनीसँग नीति विश्लेषकको रुपमा काम गरेको अनुभव छ । योजना आयोगका निवर्तमान उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले मंगलबार मात्र राजीनामा दिएका थिए ।

 

 

प्रकाशित : 3 August, 2017

प्रतिक्रिया दिनुहोस्