केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भरतपुर–१९ मा मतदान शूरु

सहयात्रा टिभी

काठमाडौं । स्थानिय तहको पहिलो चरणमा भएको भरतपुर महानगरपालिका–१९ मा शुक्रबार पुनः निर्वाचनको चरणको निर्वाचन शुरु भएको छ । पहिलो चरणअन्तर्गत भएको निर्वाचनको मतगणनाका क्रममा मतपत्र च्यातिएपछि गणना स्थगित गरिएको थियो । सर्वोच्च अदालतले आयोगको निर्णय सदर गर्दै पुनः मतदानको फैसला सुनाएपछि शुक्रबार निर्वाचन हुन लागेको हो ।
निर्वाचन आयोगले १९ नम्बर वडामा पुनः मतदान गर्ने निर्णय गरेको थियो । मेयरका लागि माओवादी केन्द्र–कांग्रेस गठबन्धनका तर्फबाट रेणु दाहाल र एमालेबाट देवी ज्ञवाली मैदानमा छन् ।

प्रकाशित : 4 August, 2017

प्रतिक्रिया दिनुहोस्