केपी ओली प्रचण्ड माधव नेपाल एमाले


तीन दलका शीर्ष नेताद्वारा डा. केसीलाई अनशन तोड्न आग्रह

सहयात्रा टिभी

काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताले अनशनरत डाक्टर गोविन्द केसीलाई अनशन तोड्न आग्रह गरेका छन् । तीन दलका नेताहरुले माथेमा आयोगको प्रतिवेदनको मर्म अनुसार चिकित्सा शिक्षा विधेयक अघि बढाउने भन्दै डा. गोविन्द केसीलाई आमरण अनसन तोड्न आग्रह गरेका हुन् । सिंहदरबारमा प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा शुक्रवार भएको छलफलमा प्रधानमन्त्री देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संसदबाट चिकित्सा शिक्षा ऐन प्रक्रिया पुरा गर्ने बताएका छन् । तीन दलले डा. केसीलाई तत्कालका लागि अनशन तोड्न आग्रह गरेका छन् ।

 

प्रकाशित : 4 August, 2017

प्रतिक्रिया दिनुहोस्