भरतपुर महानगरको मेयर निर्वाचनमा वडा नं. १९ मा ज्ञवाली अगाडी, वडा नं. २० को मतगणना निर्णयक हुने

सहयात्रा टिभी

चितवन । भरतपुर महानगरपालिका वडा नं १९ को पुनः मतदान सकिएपछि मतगणना शुरु भईसकेको छ । सर्वदलीय बैठकको निर्णय अनुसार चारवटा टोली बनाएर मतगणना भइरहेको जनाइएको छ । पछिल्लो मत परिणाम अनुसार वडा नम्बर १९ को १६ सय मत गनिसक्दा एमालेका देवी ज्ञवालीले अग्रस्थान लिएका छन् । ज्ञवालीले ४१ हजार पाँच सय ७३ र माओवादी केन्द्रकी रेणु दाहालले ४१ हजार ३१ मत प्राप्त गरेका छन् ।

पछिल्लो मत परिणाम

देवी ज्ञवाली–४१५७३
रेणु दाहाल–४१०३१

अब वडा नम्बर १९ को १२ सय ७० र वडा नम्बर २० को ३३ सय १८ मत गन्न बाँकी छ । पहिलो चरणको मतगणनाका क्रममा गएको जेठ १४ गते राति माओवादी प्रतिनिधिले मत्रपत्र च्यातेका थिए । मतपत्र च्यातिएसँगै रोकिएको वडा नं १९ को मतगणना फेरि मतदानपछि सुरु गरिएको हो । मतगणनास्थललाई सुरक्षित र व्यवस्थित बनाइएको छ ।

राजनीतिक दलका प्रमुख नेतृत्व, उम्मेदवार र गणना हुने वडाका प्रतिनिधिबाहेक अन्य प्रतिनिधि राखिएको छैन । मतगणनास्थलमा दलका प्रतिनिधि बस्ने स्थानमा तारजाली लगाइएको छ ।मतगणनास्थलमा दलका प्रतिनिधि बस्ने स्थानमा तारजाली लगाइ मतगणना स्थल सुरक्षित बनाइएको छ ।

प्रकाशित : 5 August, 2017

प्रतिक्रिया दिनुहोस्